रोल्पाको थवाङमा उर्जामन्त्री पुनको स्वागत (फोटोफिचर)


रोल्पा – माघी पर्वको अवसर पारेर रोल्पाको माडीचौरमा आयोजित ‘माघे मेला तथा खेलकुद महोत्सव –२०७५’ को बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले उदघाटन गरेसंगै मन्त्री पुन केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका छन् । मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्तिपनि रोल्पामै छिन् ।

बुधबार मन्त्री पुन माडीचौरमा आयोजना गरिएको माघी महोत्सवमा सहभागि भए । बिहीबार भने उनी उत्तरी रोल्पाको थबाङ गाउँपालिकाले आयोजना गरेको प्रथम थबाङ गाउपालिका कप तथा माघी महोत्सवमा सहभागि भए ।

रोल्पाको कृषि, उद्योग, व्यापार, पर्यटन, संस्कृती र खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि भन्दै मेला महोत्सव आयोजना हुदैँ आएको छ । आफ्नो गृह जिल्लामा आयोजना भएको कार्यक्रममा सहभागि हुन पाएर पनि होला मन्त्री पुनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement