श्री एयरलाइन्सकाे १ टिकट खरिद गर्दा अर्को सित्तैमा

श्री एयरलाइन्सकाे १ टिकट खरिद गर्दा अर्को सित्तैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडानकालागि १ टिकट खरिद गर्दा अर्को सित्तैमा दिने भएको छ।

असोज ४ गतेसम्म श्री एयरलाइन्सले पोखरा–काठमाडौं वा काठमाडौं-पोखरा यात्रा गर्दा एउटा टिकट नि:शुल्क दिने भएको हो।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले एक टिकट किन्दा अर्को नि:शुल्क दिने अफर ल्याएको जानकारी दिए।

आइतबार (आज) बाट असोज ४ गतेसम्म खरिद गर्नेले उक्त सुविधा पाउने उनले बताए।

खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।