आफु त सोझो मान्छे : झुपडिमा छ बास


उज्ज्वल ओझा

काठमाडौं – आफु त सोझो मान्छे , झुपडिमा छ बास, भरपेट खाँउला एकदिन भन्ने मनमा छ आस मेहनत परिश्रम जिउनलाई जबसम्म छ एकमुठ्ठि सास हेर्दा,हेर्दै जलमग्न भो झुपडिको सत्यानाश हात जोड्दै आय नेता , भरिगय मनमा आश ।

अरु जस्तो हैन हामी ,भन्थे हामिछौँ केही खास,भोट दियौँ चुनाब जिते अहिले छ तिनैको बनवास,हेर्दा हेर्दै जलमग्न भो,झुपडिको सत्यानाश,झुपडित डुबि गयो अहिले भाछ पाटिको बास खानलाई धाउधाउ , छैन पेट भर्नलाई दुई गाँस,भोक लाग्यो भोक लाग्यो,लालाबालाको रुवाबास हेर्दा हेर्दै जलमग्न भो , झुपडिको सत्यानाश ।

केही गर्लान मेरा नेताले , भन्ने लिगि मनमा आश,लागे उन्कै निवाशतिर तर छैन रैछ उनको घरमा बास,बिदेश गाकारे उपचारको लागि बढ्याछ रे उनको रक्तचाप हेर्दा,हेर्दै जलमग्न भो झुपडिको सत्यानाश,कत्ति हिडौँ कत्ति कुदौँ मनमा लिई झिनो आश,कतिखपोस नाबालकले भोक छैन अब उसको सास,फुट्टिकौडि छैन गोजिमा कहाँ खोजौ अब हरियो बाँस हेर्दा,हेर्दै जलमग्न भो , झुपडिको सत्यानाश।

जनताई केहिछैन,नेताको जीवन सधैँ बिलाश भोकै मर्छन जनता अनि नेतालाई सधैँ रमको गिलास,आत्महत्या अन्तिम बिकल्प छैन अब केहि आश हेर्दा,हेर्दै जलमग्न भो , झुपडिको सत्यानाश !!!

प्रतिक्रिया दिनुहोस
Advertisement