सभामुख महराद्वारा स्व खड्काप्रति श्रद्धाञ्जलि

सभामुख महराद्वारा स्व खड्काप्रति श्रद्धाञ्जलि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गरे । श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उनले केही समयअघि खड्कासँग नियमित भेटघाट तथा कुराकानी हुँदै आएकामा पछिल्लो पटक एक महिनाअघि मात्रै भेटघाट भएको उल्लेख गर्दै उनले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताए ।

श्रद्धाञ्जलि दिन निवास पुगेका काँग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन सभामुख महराले आग्रहसमेत गरेका थिए ।