ब्रेकिंग न्युज

सन् २०२० को चुनावसम्म ट्रम्प जेलमा हुने सिनेटर एलिजावेथको दावी

एजेन्सी – अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारीको घोषणा गरेकी मासाचुसेट्सकी सिनेटर एलिजावेथ वारेनले सन् २०२० को चुनावसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प जेलमा हुनसक्ने बताएकी छिन् ।

Dish Home

शनिबारदेखि औपचारिक चुनावी अभियान सुरु गरेकी उनले आइतबार आयोवामा बोल्दै चुनावको बेलासम्म ट्रम्प स्वतन्त्ररुपमा बाहिर नहुनसक्ने बताएकी हुन् । मुलरको मात्र नभई अन्य कैयन अनुसन्धानहरु ट्रम्पबिरुद्ध भइरहेकोप्रति संकेत गर्दै उनले त्यतीबेलासम्म ट्रम्पबिरुद्ध महाअभियोग लाग्नसक्ने वारेनको विश्वास छ । शनिबार उम्मेदवारीको घोषणा गरेकी उनको उम्मेदवारीलाई केही हाई प्रोफाइल राजनीतिज्ञहरुले समेत समर्थन गरेका छन् ।

सांसद जोसेफ केनेडी तृतीयले वारेनको उम्मेदवारीलाई समर्थन गरेका छन् । उनी अमेरिकी सिनेटर तथा पूर्व महान्यायाधिवक्ता रोबर्ट केनेडीका नाती हुन् । रोबर्ट केनेडी राष्ट्रपति जोन अफ केनेडीका भाई हुन् । जोसेफ केनेडीको परिवार अमेरिकामा हाइ प्रोफाइल राजनीतिक परिवारका रुपमा परिचित रहेको छ ।

उनका जिजु हजुरबा जोसेफ पेट्रीक केनेडी पनि बेलायतका लागि अमेरिकी राजदूत थिए भने जिजु हजुरआमा रोज केनेडी बोस्टनका मेयर तथा अमेरिकी संसदमा प्रतिनिधिसभा सदस्य जोन फिजेराल्डकी छोरी थिइन् । ६९ बर्षीया एलिजाबेथ वारेन मासाचुसेट्सबाट अमेरिकी सिनेटरकी बरिष्ठ डेमोक्रेटिक सिनेटर हुन् । उनी सिनेटमा डेमोक्रेटिक ककसकी उपाध्यक्ष समेत हुन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top