मतदातालाई पैसा बाँड्ने पक्राउ

काठमाण्डु - सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा नगरपालिका–२का ६५ वर्षीय पुरुषोत्तम यादव छन् । उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको…