निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् । कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने भन्दै ओलीले निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता नदिने बताए । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको…