काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेको प्रमाणपत्र पाएकी विन्दाबासिनी कंसाकारको शपथ तत्काल नहुने भएको छ। कंसाकारलाई निर्वाचन आयोगले समानुपातिक सांसद बनेको प्रमाणपत्र दिएपनि सर्वोच्च अदालतका कारण उनको शपथ तत्काल नहुने भएको हो। रास्वपाबाट यसअघि कंसाकारको ठाउँमा सांसद रहेको ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदबाट हटाउनुपर्ने कारण नभएको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए। सोही…