काठमाण्डु— नेपाल प्रहरीका अधिकृतहरूले अब पूर्वजानकारीबिना राजनीतिक दलका नेता तथा शक्तिकेन्द्रलाई भेट्न नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले आज परिपत्र जारी गर्दै आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्वस्वीकृतिबिना शक्तिकेन्द्रसँग भेटघाट गर्न रोक लगाएको हो । माथिल्लो कार्यालय र कर्मचारीको पूर्वस्वीकृतिबिना अमुक व्यक्ति तथा शक्तिकेन्द्रसँग भेट गरी परिपत्र उल्लंघन गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको…