काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकले संसद् सञ्चालनमा देखिएको अवरोध हटाउन प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमाले वार्ताबाट भागेको निष्कर्ष निकालिएको बताए । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री कार्कीले बैठकमा बोलाउँदा एमाले संवाद र वार्ताबाट भागेको ठहर…