काठमाण्डु – सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाई 'हेर्न नमिल्ने'मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा 'हेर्न नमिल्ने'मा राखेको हो । यसअघि पनि सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइए पनि पटक पटक सुनुवाई स्थगित हुँदै आएको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन…