काठमाण्डु – प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बस्ने भएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच बसेकाे बैठक ६ मिनेटमै सकिएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा पुगिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । एमाले सांसदहरुको नाराबाजीकै बीच उनले राष्ट्रपतिको कार्यालयबाट…