एमाले बैठक : घनश्याम भुसालले उठाए जवज, संसद विघटन र समाजवादमाथि प्रश्न

काठमण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन अपुरो रहेको भन्दै उपमहासचिव घनश्याम भुसालले तीन बुँदे फरक प्रस्ताव राखेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिस्ठानमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । ओलीले आइतबार सोही प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि भुसालले आफ्नो ३ बुँदे फरक मत पेस गरेका…