सरकारमा छिट्टै सहभागी हुन्छौं : रामकुमारी झाँक्री

काठमाण्डु - माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफूहरूविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताएकी छन् । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि सरकारमा छिट्टै सहभागी हुने उनले बताएकी हुन् । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै सचिव झाँक्रीले भनिन्, ‘हिजोदेखि मुद्दा किनारा…