काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच एकताको तयारी भइरहेको बताएका छन् । बिहीबार काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन वाईसीएलको दोस्रो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मोहन वैद्य किरण, नेत्रविक्रम चन्दलगायतसँग छलफल चलिरहेको बताएका छन् । ‘किरणजी, विप्लव जीसँग छलफल चलिरहेको छ’, उनले भने, ‘बाबुराम–उपेन्द्रजीसँग गठबन्धनमा छौं । मोहनविक्रमजीसँग…