माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे । पछिल्लो समय…