एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाण्डु – नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । एमालेले १५–१७ असोजमा विधान महाधिवेशन आयोजना गर्दैछ ।