माधवका पितालाई प्रबल, प्रचण्ड पत्नीलाई प्रसिद्ध जनसेवाश्री

काठमाण्डु – संविधान दिवसका असरमा ९०३ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ । ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ । माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ…