काठमाण्डु – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री शाक्यले नेपाललाई एमालै फर्किन आग्रह गरिन् । ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ…