कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर (तालिकासहित)

काठमाण्डु – नेपाली कांग्रेसले १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको जानकारी दिएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको…