काठमाण्डु – सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डामा सहमती हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा सकसमा परेका छन् । गठबन्धनमा आवद्ध दलहरुबीच शक्तिशाली मन्त्रालय बाँडफाँडमा कुरा नमिलेको बताइएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एउटै मन्त्रालयमा दावी गरेपछि शक्ति सन्तुलन मिलाउन गठबन्धनमा समस्या देखिएको स्रोतले जानकारी दिएको…