काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुँदैछ । कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमाथि बुधबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा पेसी तोकिएको छ । १४ औँ महाधिवेशन अन्तर्गत भदौ १८ गतेदेखि सुरु भएको वडाहरुको अधिवेशन अहिले जारी छ…