काठमाण्डु - नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको पार्टी सभापतिमा भीमबहादुर साउदलाई अगाडि सार्ने भएका छन् । पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिका लागि तीनजना आकांक्षी छन् । जसमा भीमबहादुर साउद, करुणाकर भट्ट र हरिप्रसाद भट्ट छन् । परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका साउदको पक्षमा देउवा उभिएका हुन् । उनलाईलाई देउवा पत्नी आरजु देउवा राणाको…