काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृह मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्नेलाई जेल हाल्ने चेतावनी दिएको थियो । सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले गरेको कार्यक्रममा नेता सिंहले गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक रहेको बताए । उनले यस्ता विषयमा सरकार सच्चिनुपर्ने…