सुदूरपश्चिमका पाँच जिल्लामा भएन कांग्रेसको वडा अधिवेशन

काठमाण्डु - नेपाली कांग्रेसको १४औं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुंगो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले जानकारी दिए । पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहेका बमले भने, ‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ, केही दिन…