चीनसंगको सीमा विवाद अध्ययन गर्न सरकारले कार्यदल बनाएपछि सत्तारुढ गठवन्धनमा ‘लफडा’

काठमाण्डु– सरकारले हुम्लामा चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेपछि सत्तारुढ गठवन्धनमा विवाद सिर्जना भएको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले हुम्लाको नाम्खा गाउंपालिकाको मिमि लाप्तादेखि हिल्सासम्म उठेको सीमा समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्रायका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय गरेको थियो…