राष्ट्रपति पौडेलको ‘जुक्ति’ : अन्य सबै प्रमाणीकरण, संवैधानिक परिषद् अध्यादेश फिर्ता

काठमाण्डु – सरकारले एकपछि अर्काे अध्यादेश प्रमाणीकरणका लागि पठाउँदा विवादमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले जुक्ति निकालेका छन् । उनले सरकारले पठाएका अन्य सबै अध्यादेश प्रमाणीकरण गरेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता पठाउने जुक्ति निकालेका हुन् । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचारका लागि फिर्ता…