सिन्धुली - जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । आज सिन्धुलीगढी पुगेका पौडेलले युद्ध सङ्ग्रहालय र निर्माणाधीन रानी दरबारको अवलोकन गरेका हुन् । सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उनले युद्ध सङ्ग्रहालयको निर्माणले जिल्लाको विकासमा टेवा पुर्याउने बताए । ऐतिहासिक महत्व बोकेका स्थलको संरक्षण र प्रचारप्रसार गर्न सके यस्ता…