कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्रीकाे निर्देशन, हितेन्द्र शाक्यको राजीनामा मागियाे

काठमाण्डु – प्रधानमन्त्री शेरबहाहदुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन निर्देशन दिएका छन् । जलस्रोत, उर्जा तथा सिँचाइमन्त्री पम्फा भुसाललाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री भुसलाले प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेकी छन् ।…