सत्ता गठबन्धनकाे कार्यदलको बैठक बिना निष्कर्ष टुंगियो, साँझ पुनः बस्ने

काठमाण्डु – सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेदेखी सुरु भएको बैठकमा सरकार सञ्चालनका लागि बनाइएको साझा न्यूनतम कार्यक्रमको मस्यौदामाथि छलफल भएको कार्यदल सदस्य मिनेन्द्र रिजालले जानकारी दिए । दिउँसो १ बजे संसद बैठक रहेकाले केहीबेरका लागि स्थगित गरिएको रिजालले जानकारी दिए ।…