मन्त्रिमण्डल विस्तारमा देउवालाई सकस, गठबन्धनका शीर्ष नेता आन्तरिक छलफलमा

काठमाण्डु – नयाँ सरकार गठन भएको एक महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन् । गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । काँग्रेस र माओवादीबाट २–२ मन्त्री…