काठमाण्डु – सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गण्डकीका प्रदेश प्रमुख सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्त गरेको हाे । त्यस्तै लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई पठाइएको छ । सरकारले दुबै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष…