काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विवादकाे टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले दाबी गरेको आधिकारिकताको विवाद आज टुंगो लगाउने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इजलासको बहस आज सकिने भएकाले आजै फैसला आउन सक्ने जानकारी दिए । जसपाको आधिकारिकता विवादमा आयोगले इजलास गठन गरेको…