काठमाण्डु – पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री गच्छदार विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जानकारी दिए ।…