एमाले अध्यक्ष ओलीको शल्यक्रिया गर्दाको घाउमा संक्रमण

काठमाण्डु – पित्तथैलीको शल्यक्रिया गरेका नेकपा एमाले अध्यक्ष केपी ओलीलाई संक्रमण भएको छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले जेनजी आन्दोलनमा प्रदर्शनकारी मारिएको घटनामा दोषी ठहर गर्दै कारबाही सिफारिस गरेका ओलीलाई अनुसन्धान गर्न भन्दै प्रहरीले १४ चैतमा घरबाटै पक्राउ गरेको थियो । पत्नी राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेपछि…