काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालिन मुद्दा अघि बढेको छ । लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख…