काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि बृद्धभत्ता बढाउने घोषणा गरेका छन् । रिपोटर्स क्लबले मंगलबार आयोजना गरेको कार्यक्रममा बाल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । उनले बृद्धबृद्धालाई सरकारले चासो दिन थालेपछि अब मान्छेहरुलाई निन्द्रा नलाग्ने बताए । ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ ।…