काठमाण्डु – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भारततिर बगर बनेको नेपाली जमिनमा सरकार किन मौन ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिसभाको मंगलबारको बैठकको शुरूमै समय लिएर बोल्दै सांसद बडुले दार्चुलामा आएको बाढीका कारण नेपाली भूमि खण्डित भएको र भारततर्फ परेको भन्दै त्यसलाई फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले बाढीका कारण ३५ हेक्टर…