काठमाण्डु – नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा अोलीले सोधेको स्पटिकरणको लिखित जवाफ दिने निर्णय गरेको छ । सोमबार बसेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री अोलीलाई लिखित जवाफ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोलीलाई पनि पार्टीका विविध विषय समेटेर प्रश्न सोध्ने निर्णय गरेको छ ।…