काठमाण्डु – नेकपा एमालेको केन्द्रिय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको समितिको बैठकले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले उनीहरुले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्ष्पटीकरण सोध्ने निर्णय गरेको हो…