विमानस्थल निर्माणको आधार बनेपछि मात्रै रुख कटानको अनुमति :वनमन्त्री वस्नेत

काठमाडौं – वनमन्त्री शक्तिबहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कमभन्दा कम वातावरणीय क्षतिमा…