काठमाडौं - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता चक्रप्रसाद बास्तोलाले महत्वपूर्ण योगदान गरेको बताएका छन् । सभापति देउवाले स्वर्गीय नेता बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा समेत चित्रण गरेका हुन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता बास्तोलाको १३ औं पुण्यतिथिमा आयोजित शोक सभामा बोल्दै उनले नेपालको…