विराटनगर - नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पु¥याउनेलाई कारवाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले संविधान कुनै धार्मिकग्रन्थ नभएको…