पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभई सबैलाई विपत आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाले २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री अधिकारीले विपत पछिको पुनः निर्माण सबैको दायित्व रहेको बताएका हुन् ।…