काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री पोखरेलको नाममा एभरेष्ट बैंकमा रहेको खातामा ३ लाख ६७ हजार रुपैयाँ रहेको छ । सो सम्पत्तिको स्रोतमा संविधानसभा सदस्य, मन्त्री र व्यवस्थापिका संसदको सदस्य हुँदाको…