सचिव सरूवाबारे मन्त्री पण्डितले मुख खाेले, भने ‘सचिव सरुवाको अधिकार प्रधानमन्त्रीको हाे’

विराटनगर - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया अहिले स्थगित गरेको बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले संघीयता कार्यान्वयनको घडीमा राष्ट्रसेवक कर्मचारीलाई विदाईको सट्टा काममा लगाउन आवश्यक भएको बताए। ‘स्वेच्छिक अवकाश अधिकार नभई सुविधा भएको बुझ्नु आवश्यक छ,’ उनले भने, ‘कर्मचारीहरुलाई खटाएको ठाउँमा जान अल्टिमेटम…