काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा मंगलबार विशेष सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने भएका छन् । भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको विषय तथा पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा सम्बोधन गरेर जानकारी गराउने भएका हुन् । ‘भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्रीले आफ्नो भ्रमणका विषयमा संसद्लाई जानकारी गराउने उद्देश्यले विशेष सम्बोधन गर्ने तयारी…