ललितपुर- जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो। उनीहरूले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ…