प्रतिनिधिसभामा तोडफोड गरे सांसद्लाई क्षतिपूर्ति भराउने नियम बन्दै

काठमाण्डु - सांसदहरूले प्रतिनिधिसभामा ध्वंसात्मक गतिविधि गरी भौतिक क्षति पु¥याए उनीहरूबाटै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले ध्वंसात्मक गतिविधिमा संलग्न भइ भौतिक क्षति पुर्‍याउने सांसद्हरूबाटै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको हो। समितिले तयार पारेको मस्यौदामा संसद्को मर्यादा, अनुशासन र सुव्यवस्था कायम राख्न सभामुखलाई विशेष अधिकार दिने प्रावधान पनि समेटिएको छ। राष्ट्रिय…