काठमाण्डौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिमार्फत जनताको जीवनमा सुखी ल्याउने काममा सरकार लाग्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा विकास समितिको ब्रिफिङका क्रममा मन्त्री बस्नेतले मुलुक राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब जनताले व्यवहारमा महसुस गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘अब संक्रमण कालको बहानामा जनताका काममा ढिलासुस्ती र हेलचेक्र्याईं…